मकवानपुरगढीमा बिहीवार थपिए ३ जना संक्रमित

0
51

मक्रान्चुली- मकवानपुरगढीमा बिहीबार ३ जना कोभिड संक्रमित थपिएका छन् । थपिनेमा वडा नं ३ का २ जना महिला र वडा नं ६ का १ जना महिला रहेका छन् ।

संक्रमित भएका मध्ये वडा नं ३ का १ जना महिला र वडा नं ६ का १ जना महिला हेटौंडामा गरिएको पिसिआर परिक्षणमा संक्रमित देखिएको र वडा नं ३ को १ जना महिला मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणमा संक्रमित देखिएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

बिहीबार थप भएका ३ जना सँगै कोभिडको दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा हालसम्ममा कुल संक्रमण भएको संख्या ३६२ जना पुगेको छ । यसैगरी संक्रमण भएको १४ दिन पार गरि संक्रमणमुक्त हुनेको संख्या ३४७ जना रहेको छ भने कोभिड संक्रमणकै कारण ज्यान जानेको संख्या ५ रहेको छ ।

हाल मकवानपुरगढीमा सक्रिय संक्रमितको संख्या १० जना रहेको छ । उनीहरू मध्ये ६ जना होम आइसोलेसनमा ,कोभिड -१९ आइसोलेसन सेन्टर मक्रान्चुलीमा ३ जना र १ जना अस्पतालमा उपचाररत रहेकोे स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।

ADVERTISEMENT