कुन जलविद्युत कम्पनी सेयर किन्दा धेरै नाफा हुन्छ ? कुनको अवस्था कस्तो ?

0
23

काठमाडौं । केही समय अघि जलविद्युत कम्पनीको सेयरमा धेरै आकर्षण देखिएको थियो । पछिल्लो केही दिनदेखि सेयर बजार घटेको छ ।

नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत जलविद्युत कम्पनीहरूमध्ये ४० मा ३९ वटाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

३९ वटा जलविद्युत कम्पनीको वित्तीय अवस्था हेर्दा धेरैको अवस्था ठिकै रहेको छ ।
गएको आर्थिक बर्षमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको शिवश्री हाइड्रोपावरको अधिकांश सूचक राम्रै देखिन्छ । जलविद्युत कम्पनीहरूमध्ये विद्युत् बिक्रीबाट हुने आम्दानीमा चिलिमे हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ ।

सानिमा माईले विद्युत् बिक्रीबाट ८५ करोड तीन लाख ९ हजार रुपियाँ आम्दानी गरेको छ ।
विद्युत् बिक्री नगर्ने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, आँखुखोला, अप्पर तामाकोशी, ग्रिनलाईफ हाईड्रोपावर कम्पनी, हिमालयन उर्जा कम्पनी, हिमालयन पाटनर कम्पनी, सानजेन जलविद्युत कम्पनी, सिंगटी हाईड्रो पावर कम्पनी छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा धेरै चुक्तापुँजी अपर तामाकोशीको छ । यस कम्पनीले समीक्षा अवधिमा अन्य स्रोतबाट ६९ करोड आठ लाख ७९ हजार रुपियाँ आम्दानी गरेको छ ।
खानीखोलाले नेपाल विद्युत प्राधिकरणको कमजोरीका कारण प्रसारण लाइन नबन्दा खेर गएको बिजुलीको रकम क्षतिपूर्ति पाउनुपर्ने भन्दै उक्त रकमलाई समेत वित्तीय विवरणमा समावेश गरेको थियो ।

खानीखोलाको प्रतिसेयर आम्दानी ऋणात्मक थियो । यसअवधिमा ११ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । भने बाँकी कम्पनीको यस्तो आम्दानी घटेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद नाफा कमाउने जलविद्युत कम्पनीमा चिलिमे हाइड्रोपावर छ । सबैभन्दा धेरै नाफा भएको दोस्रो कम्पनीमा रहेको बुटवल पावर कम्पनीले ५० करोड ४६ लाख १९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।