दसैँमा सरकारले खाद्यान्न र खसीबोकामा उपभोक्तालाई सवा तीन करोड छुट दिने

0
40

काठमाडौं । सरकारले दसैँमा खाद्यान्न र खसीबोकामा सवा ३ करोड छुट दिने भएको छ । सुपथ पसलमा खाद्यान्नलगायत छुट दिन साल्ट ट्रेडिङलाई १ करोड ५० लाख र खाद्य कम्पनीलाई १ करोड ७५ लाख सरकारले बजेट दिने भएको हो ।

विगतका वर्षहरूजस्तै आउँदो दसैँ, तिहार र छठमा पनि खाद्यान्न बिक्रीमा उपभोक्तालाई छुट दिन सरकारले बजेट दिने भएको हो । दसैँमा नुन, चिनी, चामल, ग्यास, खसी–बोकालगायतका बस्तुमा छुट दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन करोड २५ लाख बजेटसमेत निकासा गरेको छ ।

ADVERTISEMENT

उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले सुपथ पसलमा खाद्यान्नलगायत छुट दिनका लागि साल्ट ट्रेडिङलाई एक करोड ५० लाख र खाद्य कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ निकासा भएको बताइन् ।

खाद्य कम्पनीले चामलदेखि खसी–बोकासम्म बिक्री गर्ने खाद्य कम्पनीले यो वर्ष पनि खसी–बोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । यसका लागि करिब ६ करोड रुपैयाँ बजेट विनियोजन भएको नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए ।