सहकारी मार्फत उत्पादित तरकारी तथा फलफुलको बजारीकरण शुभारम्भ

0
86

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तरगत तरकारी तथा फलफूल बजारीकरणमा प्रोत्साहन अनुदान कार्यक्रम शुरु भएको छ । आज एक कार्यक्रमका बीच धमिले कृषि सहकारी संस्था लि ले मकवानपुरगढी ३ मक्रान्चुलीबाट तरकारी तथा फलफूल संकलन र बजारीकरणको शुभारम्भ गरिएको हो । आज पहिलो दिन किसानहरुले उत्पादन गरेका ५२ क्रेट गोलभेडा संकलन भएको थियो ।

सहकारी मार्फत बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी ४ रुपैया र तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी २ रुपैया का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरेको मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

सहकारी मार्फत अनाज खरिद बिक्रीको कार्य गत आ।व। ०७७र७८ बाटै शुरुवात गरिएकोमा चालु आ।व। ०७८र७९ मा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम शुरुवात गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष नवराज सञ्जेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता र गाउपालीकाका सवै विषयगत शाखाका शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु, कृषक र व्यपारीको उपस्थिति रहेको थियो । गाउँपालिका भरिमा यस वर्ष अनाज, तरकारी तथा फलफुल बजारीकरणका लागि ७ वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले भदौ ५ गते देखि नै संकलन र बजारीकरणको काम थालिसकेको छ।

ADVERTISEMENT