• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश – १
    • बागमती प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • स्वास्थ्य
  • साहित्य
  • अन्य
    • विचार
    • शिक्षा
Search
  • Date Converter
  • Unicode to Preeti
  • Preeti to Unicode
  • Calender
Shubhabihani.com Shubha Bihani
Shubhabihani.com Shubhabihani.com
  • गृह पृष्ट
  • समाचार
    • संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

      यस्तो छ आजको सुनचाँदीको मूल्य

      राष्ट्रपतिबाट नागरिकता विधेयक संसद मै फिर्ता

      पिपलबोटमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते  

      बागमती प्रदेशमा चालक अनुमतिपत्रको आवेदन बिचौलियाको कब्जामा 

  • प्रदेश समाचार
    • Allकर्णाली प्रदेशगण्डकी प्रदेशप्रदेश – १बागमती प्रदेशमदेश प्रदेशलुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश

      मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

      बागमती प्रदेशका २६३ बिद्यालयमा सूचना र बिज्ञान प्रयोगशाला निर्माणमा कार्यबिधि मिचेर…

      बागमती प्रदेशमा चालक अनुमतिपत्रको आवेदन बिचौलियाको कब्जामा 

      तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्लाको टोलि बिजयी

  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • स्वास्थ्य
  • साहित्य
  • अन्य
    • विचार
    • शिक्षा

चाडपर्वमा बाइक र स्कुटर किन्ने विचार गर्नु भएको छ, यस्ता छन् अफर


By
✎ शुभबिहानी
-
२०७८ भाद्र २२ गते, मंगलवार ०९:४४

काठमाडौं । सवारी बिक्री गर्ने कम्पनीहरुले यस दशैं र तिहारलाई लक्षित गरेर विभिन्न अफर ल्याएका छन् । बाइक र स्कुटर खरिदमा नगददेखि अन्य धेरै उपाहर ल्याएको छ । कम्पनीहरुले ग्राहक आकर्षण गर्न अधिकतम १० लाख रुपैयाँसम्मको अफर सार्वजनिक गरेका छन् ।

नेपालमा बिक्री हुने हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएस ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरुले दशैं योजना सार्वजनिक गरेका छन् ।

कुन कम्पनीका बाइक तथा स्कुटरमा के अफर ?

बजाजः दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्म अग्रीम नगद, मोटरसाइकलको खरिदको समयमा १ लाख रुपैयाँसम्म नगद तथा बम्पर अफर अन्तर्गत कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

सुजुकीः सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘दशैं आयो उमंग छायो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १० हजार नगद छुट दिने भएको छ ।

साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेञ्ज, सरल फाइनान्सको सुबिधाका साथै प्रत्येक १५ दिनमा बम्पर उपहारस्वरुप इन्ट्रडर बाइक जित्न सकिनेछ ।

हिरोः नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दशैंलाई लक्षित गरी ‘दशैंको बेला हिरोको मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

जस अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले नगद छुट पाउने छन् । जसमा स्क्रयाचमार्फत् न्यूनतम ६ हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्म छुट पाउनेछन् । साथै बम्पर लक्की ड्रमार्फत् एकजनाले १ लाख रुपैयाँसम्म नगद पाउनेछन् ।

सबै साथै हिरोको मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध रहेको छ ।

टिभीएसः दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएसः ६ प्राइजको सप्राइज’ योजना सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । साथै, विभिन्न टीभीएस ब्राण्डका मोटरसाइकल र स्कुटरको खरिदमा हात खाली नहुने गरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो योजना गत भदौ १६ गते बुधबारदेखि शुरू भइ चाडपर्व समापनपछि मात्रै समाप्त हुनेछ । यस योजना मुलुकभरका सम्पूर्ण टीभीएस शोरुममा उपलब्ध हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद नै नगरी कम्पनीको वेवसाइट टीभीएसनेपाल डट कम÷दशैं मा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद हात पार्न सक्नेछन् । त्यसका साथै दैनिक रियलमी सी२० स्मार्टफोन पनि ग्राहकले जित्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले हरेक साता शतप्रतिशत क्यासब्याकको अफर पाउनेछन् । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउन सक्नेछन् ।

त्यसका साथै बम्पर उपहार अन्तर्गत टीभीएसको सवारीसँगै अन्तिममा प्रोटोन सागा कार जित्न सक्नेछन् । साथै सोधपुछमार्फत् रियलमी स्मार्ट फोन र अपाचे आरआर ३१० बाइक जित्न सक्नेछन् ।

यामाहाः यामाहा मोटर साइकल तथा स्कूटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ शुरु गरेको हो ।

योजना अन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्तगर्न सक्नु हुनेछ । साथै लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्कातास जित्नेछ ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

Facebook
Twitter
Pinterest
WhatsApp
    ✎ शुभबिहानी

    संबन्धित समाचारMORE FROM AUTHOR

    मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

    संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

    यस्तो छ आजको सुनचाँदीको मूल्य

    ताजा समाचार

    • मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न
    • संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल
    • यस्तो छ आजको सुनचाँदीको मूल्य
    • राष्ट्रपतिबाट नागरिकता विधेयक संसद मै फिर्ता
    • कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचे को निधन  

     

    Facebook Page

    जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


    मकवानपुरगढी – ३ , मक्रान्चुली
    दर्ता : २५०७१५/०७७/०७८
    बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
    इमेल :[email protected]

    हाम्रो बारे

    अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
    सम्पादक – शिब अबिरल
    न्युज डेक्स – आचल तिमल्सिना
    थप जानकारीको लागि : ९८४५०७७०१९

    सोसिअल मिडिया

    • हाम्रो बारे
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • समाचार पठाउनुहोस्
    © Copyright 2022 Shubhabihani.com सर्वाधिकार सुरक्षित | Powered by : Jivan Acharya
    MORE STORIES

    मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

    ✎ शुभबिहानी - २०७८ भाद्र २२ गते, मंगलवार ०९:४४
    ३१ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ५ भालुखोलामा रहेको उज्वल दुग्ध उत्पादक...
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.