सेयर बजारमा ठूला लगानी कर्ताको एकाधिकार तोड्न सिमा तोक्दा किन रोइलो !!!

0
65

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा राखेर दिने मार्जिन प्रकृतिको कर्जामा सिमा तोकेपछि सेयर बजार घटेको थियो । राष्ट्र बैंकले ठूला लगानी कर्ताहरुले मात्रै लिने गरेको मार्जिन प्रकृतिको कर्जामा ४ देखि १२ करोडका सिमा तोक्दा ठूला लगानी कर्ता सबैको रोइलो भएको छ ।

केही व्यक्तिले मात्रै सेयर बजारबाट पैसा कमाइ रहेका थिए । अब सिमा तोकेपछि धेरैले मार्जिन कर्जा पाउने छन् । र बजारमा ठूला लगानीकर्ताको हालिमुहाली तोडिने छ ।

ADVERTISEMENT

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्दा सेयर बजारमा केही प्रभाव परेको छ । मौद्रिक नीतिले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंकिङ प्रणालीभित्रबाट १२ करोड रूपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

मार्जिन प्रकृतिको कर्जामा लगाइएको थ्रेसहोल्डप्रति लगानीकर्ताहरूले तीव्र असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यो नीति फिर्ता लिन निर्देशन दिएका छन् । तर, लामो गृहकार्य गरेर कर्जाको थ्रेसहोल्ड बनाएको भन्दै यसबाट पछि हट्न राष्ट्र बैंक तयार छैन ।

मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार १२ करोडभन्दा माथिको मार्जिन कर्जा लिनेको ऋणीको ११२ जना, ४ देखि १२ करोडसम्म लिने ५२४ जना छन् । बाँकी ७ हजार ९२८ जना ऋणीले ४ करोडभन्दा कम कर्जा लिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत असार मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६ अर्ब सेयर धितोका आधारमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५० अर्ब ४० करोड रूपैयाँ बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ ।