एमसीसीबारे नेपालको प्रश्नको उत्तर अमेरिकाले नरम भएर दियो, तर संशोधन भने नहुने (पूर्णपाठ)

0
67

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा ल्याउने कि नल्याउने भन्ने विषयमा ठूलो विवाद हुँदै गइरहेको बेला अमेरिकाले नरम भएर उत्तर दिएको छ ।

नेपालले पठाएको प्रश्नको जवाफ पठाउँदै अमेरिकाले यो कुनै सैन्य रणनीतिको अंग नभएको प्रष्ट पारेको छ । साथै, परियोजनाको समयमै निर्माणका लागि यो सम्झौता आवश्यक रहेको भन्दै सम्झौता संशोधन गर्न नसकिने भनेको छ ।

ADVERTISEMENT

नेपालमा ठूलो विरोध भएपछि अर्थ मन्त्रालयले ११ वटा प्रश्न र १७ सहायक प्रश्न मिलेनियम च्यालेन्ज कर्पोरेसन, अमेरिकालाई पठाएको थियो । अमेरिकाले बुधबार यसको जवाफ पठाएको हो ।

https://drive.google.com/file/d/1h1n9Ut2pR4681by3Dtxg461gonN1Tea5/view