लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गरिने

0
12

काठमाण्डौ । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक भएपछि सीमा क्षेत्रको पनि जनगणना गरिने महानिर्देशक नेविललाल श्रेष्ठले जानकारीदिनुभयो। महानिर्देशक श्रेष्ठले लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जनगणना कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

ADVERTISEMENT

भौतिक उपस्थितिमा नभएमा नयाँ प्रविधिको माध्यमबाट भए जनगणना हुने श्रेष्ठले जानकारी दिनुभयो । आगामी कार्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना गर्ने विभागको तगयारी छ ।००००