सङ्खुवासभा हत्याकाण्डका अभियुक्त प्रक्राउ, हेपाइ सहन नसकेर हत्या

0
13

काठमाण्डौ । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

ADVERTISEMENT

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग कपडा बरामद भएको प्रहरीले जनाएको छ।

‘केही कुराहरूको पुष्ट्याइँ गरेर हामी भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने छौं,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने। प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने।

घटना के कसरी र के कारणले ?

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले बयान दिएको प्रहरीले बतायो ।  दुईभाइ छोरा विदेशमा रहेका तेजबहादुरको स्वभाव अरुलाई हेप्ने खालको भएको स्थानीयको भनाइ छ । लोकबहादुरलाई आफू विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । त्यसमाथि काका तेजबहादुरले पटक पटक हेप्ने गरेको उनलाई असह्य भैरहेको थियो । त्यही  ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेका थिए ।