एमाले मकवानपुरमा ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन, पार्टी एकतालाई थप मजबुत बनाउने

0
320

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले पार्टी एकताका लागि १० बुदे सहमती कार्यान्वयन गर्दै ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

ADVERTISEMENT

नेकपा एमाले मकवानपुरले पार्टी एकतालाइ थप मजबुत बनाउन आबस्यक गृहकार्य गर्दै पार्टी सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले नेकपा एमाले मकवानपुरका तत्कालीन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । बैठकले कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन गरिएको छ ।

बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, एमाले बागमती प्रदेश कमिटीका सहइन्चार्ज डोरमणी पौडेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।