एमालेको विधान महाधिवेशन सर्यो, संसद अवरोध जारी राख्ने निर्णय

0
16

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । विधान महाधिवेशनका लागि प्रतिवेदन तयार पार्ने,विधान मस्यौदा टुंगो लगाउने लगायतका विषयमा छलफल गर्न असोज ३ गते स्थायी कमिटी बैठक बोलाइएको छ । त्यस्तै असोज ८ गते केन्द्रीय कमिटी बैठक बस्ने भट्टराईले जानकारी दिए ।

ADVERTISEMENT

यस्तै एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ । त्यसका लागि भोलि १२ बजे संसदीय दलको बैठक बोलाइएको भट्टराईले बताए ।