सरकारले मोटरसाइकलको कर वृद्धि गर्यो, अब कुन बाइकको मूल्य कति ?

0
60

काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेको छ । अन्शुल्क वृद्धि भएको कारण मोटरसाइकलको मूल्य वृद्धि भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएका छन् । अन्तःशुल्क वृद्धि भएको कारण अब मोटरसाइकलको मूल्य पनि बढ्ने छ ।

ADVERTISEMENT

सरकारले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुलक वृद्धि गरेको छ । अब ५० प्रतिशत लाग्ने भएको छ ।

२ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

५ सयदेखी ८ सय सीसी क्षमतासम्मका मोटरसाइकलको अन्तःशुल्कमा २० प्रतिशतको वृद्धि गरेको हो । यसअघि ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ ।