कोरोना बीमा भुक्तानी छिट्टै निकास हुन्छ : अर्थमन्त्री शर्मा

0
10

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी छिट्टै निकास हुने बताएका छन् । भुक्तानीको विषय गम्भीर रहेको र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ हेरेको जानकारी दिएका छन् ।

‘११ अर्ब रुपैयाँको दायित्व छ, यो भनेको सानो रकम होइन, यो गम्भीर विषय हो, दाबी अझ बढ्दै छ भन्ने विषय आएको छ, हामी यसमा गम्भीर नै छौं, यस विषयमा हाम्रो सल्लाह भइरहेको छ, यसलाई हामी छिट्टै निकास दिन्छौं,’ अर्थमन्त्री शर्मामाले भने ।

ADVERTISEMENT

बीमा समितिले २०७७ सालको बैशाख ७ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा कार्यक्रम सुरु गरेको थियो । कोरोना बीमा गराएका व्यक्तिमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमांक बराबर दाबी भुक्तानी पाइने व्यवस्था कोरोना बीमा पोलिसीमा थियो । तर अहिले कोरोना बीमाको पैसा बीमा कम्पनीहरुले दिएका छैन्न ।

तर, कोरोना बीमा सुरु भएको केही समयभित्रै यसको लोकप्रियता बढेपछि कोरोना बीमाको दाबी भुक्तानी गर्नै नसकिने गरी जोखिम बढेको अनुभव गरिएको थियो । सरकारले चालु आर्थिक वर्षको लागि गत वर्ष ल्याएको बजेटमा कोरोना बीमाको बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो ।