मकवानपुरगढीमा ३७० जना कोभिड संक्रमित भएका मध्ये ३५४ जना संक्रमणमुक्त,सोमबार २ जना संक्रमित थपिए

0
26

मक्रान्चुली- कोभिड १९ को दोश्रो लहरबाट मकवानपुरगढीमा हालसम्म ३७० जना संक्रमित भएका छन् । यसैगरी ३५४ जना संक्रमण मुक्त भएका छन् ।

सोमबार मकवानपुरगढीमा २ जना महिलामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा वडा नं ५ र ६ का १-१ जना रहेका छन् । उनीहरुको हेटौंडामा गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको र मकवानपुरगढीमा आज १ जनाको एन्टिजेन परिक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।
हाल मकवानपुरगढीमा ११ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १ जना हेटौंडा अस्पतालमा उपचाररत छन् भने १० जना होमआइसोलेसनमा रहेका छन् । अहिलेसम्म मकवानपुरगढीमा ५ जनाको कोभिड संक्रमण कै कारण ज्यान गएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

ADVERTISEMENT