दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने

0
28

काठमाडौं । दशैंको लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने भएको छ । राष्ट्र बैंकले दशैतिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो ।

असोज ४ गतेदेखि असोज २४ गतेसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

ADVERTISEMENT

साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने छ । संस्थागत प्रयोजनका लागि भने राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने छ ।

दशैंमा नयाँ नोट सटहीका लागि भनेर राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको छ । नयाँ नोट ५० अर्ब रुपैयाँ र ठूला दरका नोट १ खर्ब ५० अर्ब रुपैयाँ स्टकमा राखेकोे राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले गत वर्ष कोरोनाको जोखिम हुने भन्दै नयाँ नोट सटही गरेको थिएन ।