प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

0
9

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री आचारले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीमन्डल ८ सदस्यीय भएको छ ।

ADVERTISEMENT

मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

नेकपा विभाजनपछि अल्पमतमा परेको भएपनी मुख्यमन्त्री आचार्यले आफ्नो पार्टीलाई बलियो बनाउन मन्त्रिपरिषद् विस्तार गरेको बताइएको छ ।