१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

0
6

काठमाण्डौ। सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

बुधबार गृह मन्त्रालयले १२ जनालाई प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । चार जनालाई भने मन्त्रालयमा तानिएको छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाईएको छ । त्यस्तै, गुल्मीकी सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ । गृृहले पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहनु भएका कोषहरि निरौलालाई मन्त्रालय तानिएका छन् ।

ADVERTISEMENT

यस्तै, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ भने टेकराज निरौलालाई दोलखा पठाइएको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय तानिएको छ । आसमान तामाङलाई चितवन पठाइएको छ । त्यस्तै, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।०००