मकवानपुरगढीको सोल्टीमोड-डुम्रेकुना जोडिने सामरी खोलामा पक्की पुल निर्माण शुरु

0
188

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका भित्र रहेको सामरी खोलामा वडा नं २ र ३ को सिमानाको सोल्टिमोड बाट वडा नं ६ डुम्रेकुना जोड्ने पक्की पुलको निर्माणकार्य शुरु भएको छ ।

केही दिन अघि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले पुल निर्माण कार्यको शुभारम्भ गर्नुभएको थियो । पुल निर्माण सँगै प्रत्यक्ष रुपमा ६, २ र ३ नं. वडाका जनताले सामरी खोलाको समस्याले आवातजावत मा हुने कठिनाइबाट मुक्ति पाउनेछन् ।

पुलको सिलान्यास कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे , वडा नं २ का वडा अध्यक्ष बखानसिं पाख्रीन र वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालको समेत उपस्थिति रहेको थियो ।

१२० मिटर लामो पुल निर्माणका लागि अनक कन्सट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको छ । पुल निर्माण कार्य २०७९ जेष्ठ महिना सम्ममा सम्पन्न गरि स्थानीय तहलाई जिम्मा दिइने निर्माण कम्पनीले छ । संघीय सरकारको १४ करोड लागतमा पुल निर्माण हुन लागेको हो ।

ADVERTISEMENT



गत महिनामा वडा नं ३ को देविडाँडा र वडा नं ६ को बाग्दली जोड्ने बेलीबृजको निर्माण कार्य सम्पन्न भएको छ । यहि पुलको प्रयोग गरि मकवानपुरगढी गाउँपालिकाले पालिका हुँदै हेटौंडा सम्मको पहिलो रिङरोडको अवधारणा अघि बढाएको गाउँपालिका अध्यक्ष हुमागाईले बताउनु भएको छ ।