मुलुकको आर्थिक, सामाजिक रुपान्तरण, खेल र खेलाडीको बिकासका लागि खेलकुद महासंघ कृयाशिल : उपमहासचिव लामा

कृष्ण लोको अध्यक्षतामा १९ सदस्यीय बकैया गाउँकमिटी गठन

0
371

हेटौंडा / नेपाल खेलकुद महासंघ, बकैया गाउँपालिकाको भेलाले कृष्ण लोको अध्यक्षतामा गाउँकमिटी गठन गरेको छ ।
महासंघको बिहिवार बकैयाको हात्तीशुडेमा सम्पन्न प्रथम भेलाको लो को अध्यक्षतामा १९ सदस्यीय गाउँकमिटी गठन गरेको हो ।

ADVERTISEMENT

भेलालाइ सम्बोधन गर्दै नेपाल खेलकुद महासंघ केन्द्रिय उपमहासचिव धरम लामाले खेलकुद क्षेत्र नागरिकको मौलिक अधिकार भएकाले नेपालको खेल क्षेत्र, खेलाडी र आम युवाहरुको सर्वाङ्गिण बिकास, जिबिकोपार्जन र दिगो खेलकुद मार्फत मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्नको लागि महासंघ सशक्त रुपले क्रियाशिल रहेको बताइनुभयो ।
उपमहासचिब लामाले राजनेता केपि शर्मा ओलीको नेतृत्वमा मात्रै मुलुकले स्थाइ समृद्धि हासिल गर्ने भएकाले देशको समृद्धिबाट मात्रै खेल र आम खेलाडी जगतको बिकाश हुने बताउनुभयो ।

कार्यक्रममा महासंघ सचिव दिपक न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सानु लामा, महासंघ जिल्ला अध्यक्ष सबिन मुक्तान, युवा नेता जेन श्रेष्ठ, मिलन पाठक, युवा संघ बकैया अध्यक्ष विजय वाइबा, अनेमसंघ बकैया अध्यक्ष जिमी लो लगायतकाको उपस्थिति रहेको थियो ।

भेला नेकपा एमाले वकैया गाउँपालिका कमिटी अध्यक्ष गोपाल प्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।