पहिलो पटक एभरेष्ट बैंकमा नेपाली सीईओ, स्टाण्डर्ड चार्टड र लक्ष्मी बैंकमा काम गरेरको अनुभव

0
148

काठमाडौं । एभरेष्ट बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ । भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ नियुक्त गरेको हो ।

पहिले भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक संचालक समितिको बैठकले पहिलो पटक नेपाली सीईओ सुदेश खालिङलाई नियुक्त गरेको हो ।

ADVERTISEMENT

केही महिनाअघि बैंक संचालक समितिले खालिङलाई सीईओमा नियुक्त गरेको भएपनि उनले राष्ट्र बैंकले तोकेको कुलिङका कारण कार्यभार सम्हाल्न पाएका थिएनन् ।

लक्ष्मी बैंकको सीईओबाट छाडेपछी खालिङ सिटिजन्स बैंकको संचालक बनेका थिए । स्टाण्डर्ड चार्टड बैंक नेपालमा लामो समय काम गरेका थिए ।

बैंक संचालक समितिले खालिङलाई ४ वर्षको लागी सीईओ नियुक्ती गरेको हो ।