पाकिस्तानमा शक्तिशाली भूकम्प, २० को मृत्यु

0
97

कामठाडौं । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० को मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

त्यस्तै कयौं मानिसहरु घाइते तथ संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । भूकम्प ५ ९ म्याग्निच्युटको मापन गरिएको बताइएको छ ।

ADVERTISEMENT

बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ ।