चौथो मकवानपुरगढी गाउँपालिका रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको उपाधी तेश्रो पटक पुनः कुर्लेलाई

0
945

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरीय चौथो रनिङ्गशिल्ड फुटबल प्रतियोगितको उपाधी लगातार तेश्रो पटक पुनः सौजन्य युबा क्लब कुर्लेले हात पारेको छ ।

वडा नं ३ मक्रान्चुलीमा रहेको भानु मिनि पिच (फुटसल) मा भएको आजको फाइनल खेलमा सौजन्यले प्रतिभा युवा क्लब मकवानपुरगढी ४ लाई ३-० गोल अन्तरले पराजित गरि उपाधी जित्न सफल भएको हो ।

यसैगरी खेलको तेश्रो स्थानको लागि भएको खेलमा आयोजक टिम गढी स्टार स्पोर्ट्स क्लबले देविडाँडा युवा क्लबलाई ५-२ गोल अन्तरले पराजित गरि आयोजक टिम तेश्रो हुन सफल भएको छ । खेल गत असोज १९ गतेबाट शुरु भएको थियो ।

ADVERTISEMENT