थप ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

0
111

काठमाण्डौ । नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३१ परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १ हजार ६ सय ३३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ । हाल देशभर १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० हजार ९ सय ९३ जनामा कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।