दशैं र तिहारमा बैंक १२ दिन बिदा हुने ? यस्तो छ सूचि

0
82

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको लागि १२ दिन बिदा दिने भएको छ ।

राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दशैं तथा तिहारमा १२ दिन बिदा दिने व्यवस्था गरेको हो ।

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैंका लागि असोज महिनाको घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदा पाउने छन् । असोज २६ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् । असोज ३१ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने छन् ।

तिहारमा बैंकका कर्मचारीले ४ दिन बिदा पाउने छन् । कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा हुने छ । बैंकका कर्मचारीले छठ पर्वमा पनि १ दिन बिदा पाउने छन् ।