मंसिरमा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्छौ – अध्यक्ष हुमागाई

0
345

२५ असोज २०७८ मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले आउँदो मंसिर महिनामा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने बताउनु भएको छ ।

मकवानपुरगढी ३ मक्रान्चुली फुटसलमा आयोजित चौथो गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको आइतबार समापन कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले सो कुरा बताउनु भएको हो । प्रतियोगिता कहाँ गर्ने भन्ने पछि नै तय गरिने भन्दै सकेसम्म अलि फराकिलो चौरमा खेल आयोजना हुने उहाँले बताउनुभयो ।

गढीका युबाहरुमा खेल तर्फको आकर्षण बढीरहेको भन्दै त्यस तर्फ पालिकाले उचित ध्यान दिइरहेको र आवश्यक बजेटको ब्यवस्थापन गरिने बताउनुभयो । अब स्थानीय स्तरमा मात्र खेलेर नपुग्ने भन्दै राष्ट्रिय स्तरको खेलमा खेल्न तयार रहनुपर्ने भएकोले त्यस्तो टिम तयार गर्नुपर्ने बताउनुभयो ।

फुटसलमा आईतवार सम्पन्न पालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगितामा सर्वाधिक गोल कर्ता सुजन बोम्जन , सर्वोत्कृष्ट गोल रक्षक सुजन पाख्रीन र सर्वोत्कृष्ट खेलाडी आयुश दुलाल घोषित भएका थिए । लगातार तेस्रो पटक पनि प्रतियोगिता जित हाँसिल गरि मकवानपुरगढी २ कुर्लेमा रहेको सौजन्य युवा क्लबले रनिङ्गशिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

ADVERTISEMENT