दसैंका लागि गाउँ जानेको लर्काे, ९ लाखभन्दा धेरै गए

0
72

काठमाडौैं । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए ।

अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् । यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २ सय २६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४ सय ८४ थियो ।

ADVERTISEMENT

त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७ सय ४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४ सय ३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् ।

यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १ सय ४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८ सय १४ सवारी साधनमा ४५ हजार ३ सय ६२ यात्रु बाहिरिए ।

महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७ सय ७८ सवारीमा ३२ हजार ९ सय ८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३ सय १५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ ।

असोज १ देखि २२ सम्ममा कूल १ लाख ४२ हजार २ सय २७ सवारी साधनमा ७ लाख ७६ हजार ३ सय ७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल १ लाख ४३ हजार ७ सय ७३ सवारी साधनमा ८ लाख ७० हजार ४ सय ९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ । प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् ।

यसपाली असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो ।