युवा रेडक्रस सर्कल हेटौंडाले गर्यो सरसफाइ कार्यक्रम

0
216

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा अन्तर्गतको युवा रेडक्रस सर्कल हेटौंडा- ४ ले सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।
युवा रेडक्रस सर्कलले शुभबिजया दशमीको अबसरमा हेटौंडा- ४ मा रहेको पशुपतिमन्दिर परिसरमा सरसफाइ गरेको हो ।

ADVERTISEMENT

बडादशैको बेला पशुपति मन्दीरमा दर्शनार्थीको भिड लागिररहेको र मन्दीर परिसरमा फोहोर समेत बढेकाले नियमित रुपमा सरसफाइ कार्यक्रमको आयोजना गरिरहेको युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाले जानकारी दिए ।

युवा सर्कलले बडादशैकै अबसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा परिसरमा आफ्नो कार्यालय समेत सुभारम्भ गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपशाखा उपशाखा उपसभापति प्रतिमा गौतम, सचिब किशन घिसिङ्ग, कोषाध्यक्ष हिक्मत श्रेष्ठ, सदस्य सबिता लामिछाने लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम युवा सर्कलका अध्यक्ष सुजन खतिवडाको अध्यक्षतामा भएको हो ।