टोल विकास संस्था नगर समन्वय समितिको चियापान: चाडपर्बहरुले सामाजिक एकता, संस्कृतिको प्रबर्द्धन र सद्भाव कायम गर्न मद्दत मिल्ने

0
277

हेटौंडा / हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले चाडपर्वहरुको अबसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

ADVERTISEMENT

नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वत ११४२ को अवसरमा नगर समन्वय समितिले आईतबार शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सुभकामना मन्तव्य दिनुहुदै बागमती प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठले दशै लगायतको चाडपर्बहरुले सामाजिक एकता, संस्कृतिको प्रबर्द्धन र सद्भाव कायम गर्न मद्दत मिल्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले मौलिक संस्कृतीको प्रबर्द्धन, सम्बर्द्धन र संरक्षण हुने गरि सभ्य रुपमा चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालको विशेषता नै विविधता भित्रको एकता भएकाले यसको संरक्षण गर्नमा साथै समाजमा बिकृती बिसङती हटाउन टोल बिकास संस्थाले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुब्र अधिकारीको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि, उपाध्यक्ष गङ्गा पौडेल, टोल बिकाश संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, उपमहासचिव ज्ञान बहादुर थापा, सचिब राजेन्द्र चौलागाईं, सहकोषाध्यक्ष गिता मैनाली, समन्वय समितिका सदस्यहरु, विभिन्न टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।